परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो

2022-02-28
परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २९५.५ अंकले ओरालो लाग्दै १३८२४.६५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २६८.६९ अंकले घट्दै ११६७९.६१ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ४.४० प्रतिशतले घट्दै प्रतिकित्ता ७७९ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ? 

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४३.१२ अंकले ओरालो लाग्दै २६१०.५८ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२७ कम्पनीका ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक १५.३३ अंकले घटेको आज व्यापार ८२.४१,होटल २४.९३,विकास बैंक ७३.९१,हाइड्रोपावर १०२.३४,वित्त ४६.१९,उत्पादन तथा प्रशोधन १२९.३४,अन्य ३५.६,लघुवित्त ६२.३५,म्युचुअल फन्ड ०.०२ र लगानी १.१२ अंकले घट्यो। 

आज तारागाँउ रिजेन्सी होटलको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १.११ प्रतिशतले बढ्यो। 

त्यस्तै आज तेह्रथुम पावर र सामलिंग पावर कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो। 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको १६ करोड बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: