परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ गुराँस लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-03-10
परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ गुराँस लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ३७१.८४ अंकले बढ्दै १३२९०.४३ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २४८.१ अंकले उकालो लाग्दै ११३९७.७३ बिन्दुमा  पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भएनन्। बीमातर्फ आज गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ५.९५ प्रतिशतले बढ्यो। त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.५४ र नेपाल इन्स्योरेन्सको सेयरमूल्य ४.९५ प्रतिशतले बढयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य ०.७५ प्रतिशतले घट्यो। 
बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ५२.३१ अंकले बढ्दै २५६६.९० बिन्दुमा पुग्यो। यो दिन २२६ कम्पनीका ५६ लाख १० हजार ६३१ कित्ता सेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक १६.४९ अंकले बढेको आज व्यापार ६०.५३,होटल ४२.४४,विकास बैंक २०२.९१,हाइड्रोपावर १२४.४२,वित्त १०२.७८,उत्पादन तथा प्रशोधन १२७.२,अन्य ०.८६,लघुवित्त ९७.४,म्युचुअल फन्ड ०.२२ र लगानी उपसूचक ३.४१ अंकले घट्यो। 

आज इमर्जीङ नेपालको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो। त्यस्तै कर्णली डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.८९ र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य ८.६५ प्रतिशतले बढ्यो। 

आज माउन्टेन इनर्जीको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ३.०८ प्रतिशतले घट्यो। 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको १६ करोड ६५ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: