परिसूचकमा गिरावटका साथ साताको सुरुवात,सूर्या लाइफको सर्वाधिक कारोबार

2022-04-03
परिसूचकमा गिरावटका साथ साताको सुरुवात,सूर्या लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २१६.९९ अंकले घट्दै १४०६०.९७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १७४.६१ अंकले ओरालो लाग्दै १२०७१.४४ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य १.२७ प्रतिशतले बढ्दै प्रतिकित्ता ७१८ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज सूर्या लाइफको सेयरमूल्य ५.०१ प्रतिशतले घट्दै प्रतिकित्ता ७०० रुपैयाँ कायम भयो। त्यस्तै अजोड इन्स्योरेन्सको सेयरमूल्य पनि ३.३१ प्रतिशतले घट्दै प्रतिकित्ता ७०० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३०.८९ अंकले घट्दै २५१३.४१ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२५ कम्पनीका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा किनबेच भयो। 

म्युचुअल फन्ड उपसूचक स्थिर रहेको आज अन्य सबै उपसूचकमा रातो पोतियो। आज बैंकिङ उपसूचक ८.३८,व्यापार २८.९३,होटल २३.८६,विकास बैंक ५५.८६,हाइड्रो ३९.०४,वित्त ३०.६२,उत्पादन तथा प्रशोधन ४९.७९,अन्य ६४.१५,लघुवित्त ६८.१९ र लगानी उपसूचक १.२३ अंकले घट्यो। 

आज राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै इमर्जिङ नेपालको सेयरमूल्य ९.९९,नेष्डो समृद्धि लघुवित्तको ९.९९ र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ४.०१ प्रतिशतले घट्यो। 

आज युनाइटेड इदी मर्दीको सेयरमूल्य सर्वाधिक घट्यो। आज यो कम्पनीको सेयरमूल्य ५.०२ प्रतिशतले घट्यो। 

यो दिन सूूर्या लाइफको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ९ करोड ७२ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: