परिसूचकमा आज पनि हुन सकेन सुधार,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-04-12
परिसूचकमा आज पनि हुन सकेन सुधार,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २३५.१२ अंकले ओरालो लाग्दै ११०५३.७१ बिन्दुमा सीमित भएको छ। यो दिन जीवन बीमा उपसूचक पनि २१४.२३ अंकले घट्दै १३०५६.८२ बिन्दुमा झरेको छ। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य आज ३.५३ प्रतिशतले घट्दै प्रतिकित्ता ८१४ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ? 

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३४.७८ अंकले घट्दै २३८५.०२ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३७ कम्पनीका ३७ लाख ८३ हजार २०४ कित्ता सेयर १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा एउटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज होटल उपसूचक ३.१४ अंकले बढ्यो। 

बैंकिङ उपसूचक १२.९४ अंकले घटेको आज व्यापार ४०.७८,विकास बैंक ७१.५७,हाइड्रो ५२.९२,वित्त ४५.०५,उत्पादन तथा प्रशोधन ९९.७,अन्य ४३.६८,लघुवित्त ५१.३९,म्युचुल फन्ड ०.१९ र लगानी उपसूचक १.६२ अंकले घट्यो। 

आज नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

त्यस्तै आज इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ६.५९ प्रतिशतले घट्यो। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ५ करोड ७५ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: