परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-04-19
परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ९७.६८ अंकले बढ्दै १२७८४.८९ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६२.४४ अंकले बढ्दै १०७८२.५८ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ३.६३ प्रतिशतले बढ्दै प्रतिकित्ता १६९६० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ३ वटा बीमा कम्पनी परे। आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य २.९९,एभरेष्ट इन्स्योरेन्स २.११ र लुम्बिनी जनरलको सेयरमूल्य १.९५ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १३.३७ अंकले बढ्दै २३५७.२४ बिन्दुमा पुग्यो। यो दिन बजारमा २२९ कम्पनीका ३२ लाख १३ हजार १९५ कित्ता सेयर १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ६.०३ अंकले बढेको आज व्यापार ०.८७,होटल ३१.१४,विकास बैंक ३२.८९,हाइड्रोपावर ११.२४,वित्त ७.८६,उत्पादन तथा प्रशोधन २४.६२,अन्य १९.४५,लघुवित्त ३३.१९,म्युचुअल फन्ड ०.०८ र लगानी उपसूचक ०.४ अंकले बढ्यो। 
आज नेष्डो समृद्ध लघुवित्त र ग्रिन भन्चर्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो।   

त्यस्तै आज दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक अथार्त ८.८२ प्रतिशतले घट्यो। 

यो दिन नबिल बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंंकको ६ करोड ३० लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: