प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

2021-03-03
प्रभु बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रभु बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज बैंकको १० प्रतिशत बोनस सेयर अर्थात १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। बैंकले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस वितरण गरेको थियो।

 


Share this with your friends: