प्रभु बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-12-16
प्रभु बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १ गते)अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि (पुस ०४ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। शुक्रबार र शनिबार कारोबार नहुने भएकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांसका लागि योग्य हुनेछन् । 

बैंकले गत आर्थिक वर्ष २०७७/.७८ का लागि १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस बैंकको आगामी पुस १८ गते आयोजना हुने २० औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: