प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

2021-04-05
प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । आज(चैत २३ गते) नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना हुन गईरहेको हो । 

कम्पनीको गत फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको थियो । सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ११.०५ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आ.व २०७६/७७ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितका लेखा विवरणहरु छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

 


Share this with your friends: