बजारको गिरावट कायमै,बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-04-04
बजारको गिरावट कायमै,बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १९९.४६ अंकले घट्दै ११८७४.५९ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि १२८.५३ अंकले ओरालो लाग्दै १३९३२.४४ बिन्दुमा सीमित भयो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य १.७८ प्रतिशतले बढ्दै प्रतिकित्ता ७३६ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ४ वटा बीमा कम्पनी परे । आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य ४.०१,सिद्धार्थ इन्स्योरेन्स ३.४२,प्रिमियर ३.०८ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ३.०३ प्रतिशतले घट्यो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक १५.९४ अंकले घट्दै २४९७.४७ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२६ कम्पनीका ३४ लाख २९ हजार ९१७ कित्ता सेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो । आज बैंकिङ उपसूचक ४.८,व्यापार ३२.१९होटल १८.८१,विकास बैंक २६.०२,हाइड्रो २४.८,वित्त १४.२१,उत्पादन तथा प्रशोधन १५.२८,अन्य २०.६,लघुवित्त २१.२४,म्युचुअल फन्ड ०.०२ र लगानी उपसूचक ०.५८ अंकले घट्यो । 

आज राष्ट्र उत्थान लघुवित्त र नेष्डो लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो । त्यस्तै इमर्जिङ नेपालको सेयरमूल्य ९.१२ र लिबर्टी इनर्जीको सेयरमूल्य २.०१ प्रतिशतले बढ्यो । 

आज कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो । यो बैंकको सेयरमूल्य ४.२८ प्रतिशतले घट्यो । 

यो दिन इमर्जिङ नेपालको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६ करोड १९ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: