बजारको उकालो यात्रा जारी,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-04
बजारको उकालो यात्रा जारी,बीमातर्फ ज्योति लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १६०.५२ अंकले बढ्दै १४८०९.५६ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४०.९७ बिन्दुले उकालो लाग्दै १२१२३.८१ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ५.४७ प्रतिशतले बढ्दै प्रतिकित्ता ६५६ रुपैयाँ कायम भयो। त्यस्तै जनरल रुइन्स्योरेन्सको सेयरमूल्य ४.९० प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। आज नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ०.९७ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। आज परिसूचक ६३.०१ अंकले बढ्दै २६७९.९५ बिन्दुको उचाइमा पुग्यो। यो दिन बजारमा २३४ कम्पनीका ९१ लाख १० हजार ७५८ कित्ता सेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक ६३.६७ अंकले बढेको आज व्यापार ५६.०५,होटल एण्ड टुरिजम ६४.०९, विकास बैंक २३२.४१, हाइड्रोपावर ८७.५४,वित्त ७९.०१,लघुवित्त ९१.५१,म्युचुअल फन्ड ०.२६ र लगानी उपसूचक २.५४ अंकले बढ्यो। 

उत्पादन तथा प्रशोधन उपसूचक र अन्य उपसूचकमा आज गिरावट आयो। यी उपसूचक क्रमशः४२.७१ र ६.७ अंकले घटे। 

आज श्री इन्भेष्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो। यी कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य ९.९९, नेपाल एसबीआई बैंक ९.७२, सिन्धु विकास बैंक ९.४३ र ग्लोबल आइएमई बैंकको सेयरमूल्य ८.५९ प्रतिशतले बढ्यो। 

आज नबिल बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। यो बैंकको सेयरमूल्य सेयरमूल्य १.५८ प्रतिशतले घट्यो। 

यो दिन नेपाल बंगलादेश बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको १४ करोड ७७ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: