बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-04-26
बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १००.१६ अंकले घट्दै १०७११.६८ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ९५.८५ अंकले ओरालो लाग्दै १२७४०.७७ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.६६ प्रतिशतले घट्दै प्रतिकित्ता ५४८ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १५.०२ अंकले घट्दै २३७०.९९ बिन्दुमा झर्यो। यो दिन बजारमा २२८ कम्पनीका ३४ लाख १९ हजार २२८ कित्ता सेयर १ करोड ४ लाख ६० लाख १४ हजार ४१४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा रातो पोतियो। आज उत्पादन तथा प्रशोधन उपसूचक १६.४३ र म्युचुअल फन्ड उपसूचक ०.२५ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ५.१३ अंकले घटेको आज व्यापार १०.५९,होटल ३.७१,विकास बैंक ४२.०१,हाइड्रो ४०.५,वित्त १७.६४,अन्य ११.३६,लघुवित्त १३.५९ र लगानी उपसूचक १.१ अंकले घट्यो। 

आज जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो। 

त्यस्तै सर्वाधिक गुमाउने शीर्ष १० कम्पनीको सूचीमा हिमालयन पावर पार्टनर कम्पनी रह्यो। यो कम्पनीको सेयरमूल्य ५.४१ प्रतिशतले घट्यो। 

यो दिन सिद्धार्थ बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको ४ करोड २१ लाख बढीको सेयर कारोबार भयो। 


Share this with your friends: