बुटवल पावर कम्पनीको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

2022-02-22
बुटवल पावर कम्पनीको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस २६ गते सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत नगद लाभांस माघ २७ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको जनाएको छ। भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। 


Share this with your friends: