बुद्धनगर एग्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

2022-03-28
बुद्धनगर एग्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

काठमाण्डौ । बुद्धनगर एग्रो फार्म लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

रुपन्देहीको बुटवल–११ मिलनचोकस्थित कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ कित्ता आईपीओ (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) निष्कासन गर्ने भएको हो। आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा बुद्धनगर एग्रो पहिलो कम्पनी हो। 

बुद्धनगर एग्रोले आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ। यस सम्बन्धमा दुईपक्षी सम्झौता भएको छ। 

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ। सोही सेवाअन्तर्गत एनआईसी एसिया क्यापिटलले बुद्धनगर एग्रोको यो आईपीओ निष्कासन गर्न लागेको हो। 

एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवाअन्तर्गत बुद्धनगर एग्रोलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथाशीघ्र आईपीओ जारी गर्ने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ। 

क्यापिटलले एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षेमा परामर्श सेवासमेत उपलब्ध गराउनेसम्बन्धी समेत दुई पक्षीय सम्झौता गरेको छ। 


Share this with your friends: