बैंक अफ काठमाण्डूद्वारा विशेष साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2021-02-28
बैंक अफ काठमाण्डूद्वारा विशेष साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विशेष साधारण सभा डाकेको छ। बैंकको आज(फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले विशेष वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो चैत ३ गते मंगलबारका दिन काठमाण्डौ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आयोजना गर्ने निर्णय गरेको हो। सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै विशेष प्रस्तावहरुको संसोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायहरुबाट कुनै थपघट वा संसोधन गर्न निर्देशन भएमा आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

बैंकले विशेष साधारण सभाका लागि आउँदो फागुन २३ गतेदेखि चैत ०३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: