बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न, तीन सञ्चालक निर्वाचित

2021-03-16
बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न, तीन सञ्चालक निर्वाचित

काठमाण्डौ । बैंक अफ काठमाण्डूको विशेष साधारण सभा सम्पन्न भएको छ। आज(चैत ३ गते) काठमाण्डौ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा बैंकको विशेष साधारण सभा सम्पन्न भएको हो। 

बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष वार्षिक साधारण सभा डाकेको थियो। सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन सम्पन्न भएको छ। साधारण समूहतर्फबाट निर्वाचित हुने नयाँ सञ्चालकमा गोविन्द प्रसाद शर्मा, मदन लाल जोशी र अर्मिता उप्रेति रहेका छन्। 

यसका साथै विशेष प्रस्तावहरुको संसोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायहरुबाट कुनै थपघट वा संसोधन गर्न निर्देशन भएमा आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ। 

 


Share this with your friends: