भारत सरकारद्वारा खेलाडी तथा कोचहरुको मेडिकल इन्स्योरेन्स कभर विस्तार गर्ने घोषणा

2021-05-23
भारत सरकारद्वारा खेलाडी तथा कोचहरुको मेडिकल इन्स्योरेन्स कभर विस्तार गर्ने घोषणा

काठमाण्डौ । भारत सरकारले खेलकुदसँग सम्बन्धित व्यक्तिहरुको मेडिकल इन्स्योरेन्स कभर विस्तार गर्ने निर्णय गरेको छ। भारत सरकारले कोरोना महामारीले पारेको प्रभावका कारण यसै वर्षदेखि लाभान्वित खेलाडी, करारमा कार्यरत कोचहरु, सहायक स्टाफहरुका लागि मेडिकल इन्स्योरेन्स कभर विस्तार गर्ने घोषणा गरेको हो। 

स्पोर्टस् अथोरिटी अफ इन्डिया(एसएआई)का अनुसार सरकारको यो निर्णयसँगै १३ हजार खेलाडी, कोच र सहायक स्टाफमा मेडिकल इन्स्योरेन्स कभर विस्तार हुनेछ। 

भारतका खेलकुदमन्त्री किरेन रिजीजुले खेलाडी, कोच र खेलसँग सम्बन्धित व्यक्तिहरुको उत्थान आफ्नो मन्त्रालयको मुख्य प्राथमिकता रहेको बताए। 
सरकारले खेलसँग सम्बन्धित प्रत्येक व्यक्तिका लागि ५ लाख (६८४५ अमेरिकी डलर)भारतिय रुपैयाँ बराबरको मेडिकल इन्स्योरेन्सको प्रदान गर्नेछ। यस्तै यो योजनामा २५ लाख रुपैयाँ बराबरको दृर्घटना वा मृत्यु बीमाको समेत व्यवस्था रहेको छ। यसअघि यो बीमा योजना राष्ट्रिय स्पोट्स क्याम्पमा हुँदा मात्रै हुने गर्दथ्यो। तर भारतमा कोरोना महामारी तीव्र गतिमा फैलिएका कारण अब यो योजना वषैभरी नै लागूु हुनेछ। 

स्पोर्टस् अथोरिटी अफ इन्डियाले यो बीमा योजनामा समावेश गर्नका लागि नेशनल स्पोटिङ फेडरेशनलाई खेलाडी, कोच र सहायक स्टाफहरुको पहिचान गर्न निर्देशन दिएको प्रेस ट्रष्ट अफ इन्डियाले जनाएको छ। 

यो बीमा योजनामा पर्न सफल व्यक्तिहरुको डेटा पारदर्शी र सहज उपलब्धताका लागि भारतको नेशनल स्पोट्स रिपोजीटरी सिस्टममा स्टोर गरिने बताइएको छ।  

india   

Share this with your friends: