मिर्मिरे लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-03-21
मिर्मिरे लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित ९.१९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १३७१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको प्रति सेयरमूल्य १४९७ रुपैयाँ कायम रेहेका थियो।

संस्थाले गत आर्थिक वर्षका लागि ९.१९ प्रतिशत बोनस सेयर र ०.४८ प्रतिशत नगद लाभांस गरी कुल ९.६७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाद्वारा प्रस्तावित कुल लाभांसमा चुक्तापूँजी ३९ करोड ६१ लाख ४६ हजार ६४१.५० रुपैयाँको ९.२० प्रतिशतले हुन आउने ३ करोड ६४ लाख ४५ हजार ४९० रुपैयाँ बराबरको बोनस सेयर र ०.४८२९४४ प्रतिशतले हुन आउने १९ लाख १३ हजार १६५ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको चैत १८ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: