यी तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

2021-12-23
यी तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत तीनवटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस ८ गते)अन्तिम दिन रहेको छ । ज्योति विकास बैंक, एनएमबी लघुवित्त र बुटवल पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि ज्याति विकास बैंक र एनमएबी लघुवित्तले पुस ९ गते र बुटवल पावर कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेकाल ेआजसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा हसभागाी हुन योग्य हुनेछन् । 
ज्योत िविकास बैंकले गत आर्थिक वर्ष २०७७/.७८ का लागि ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांस गरी कुल १५.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । एनएमबी लघुवित्तले पनि गत आर्थिक वर्षका लागि २१.५ प्रतिशत बोनस सेयर र १.१३ प्रतिशत नगद लाभा.स गरी कुल २२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यसैगरी बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नै नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।

 


Share this with your friends: