यी दुई कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-01-05
यी दुई कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज गुह्ेश्वरी मर्चेन्ट एण्ड बैंकिङ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । 

यी दुवै कम्पनीहरुले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस २२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न सभामा सहभागी हुन योग्य हुनेछन् । 

गुह्वेश्वरी मर्चेन्टले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र  ०.५२६३ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६३ लाभांस र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांस गरी कुल ११ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।  


Share this with your friends: