यी ४ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

2022-01-04
यी ४ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जनउत्थान सामुदायिक लघुवित्त,कालिका लघुवित्त,पोखरा फाइनान्स लिमिटेड र मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ४ वटै कम्पनीहरुले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस २१ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षका लागि २६.३१५७,कालिका लघुवित्तले १३ ,पोखरा फाइनान्स लिमिटेडले ८.५ र मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेडले १३.६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 


Share this with your friends: