यी ५ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-01-02
यी ५ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कालिका पावर कम्पनी,मिर्मिरे लघुवित्त,प्रोग्रसिभ फाइनान्स मिथिला लघुवित्त र सेञ्चुरी कमर्सियल बैंकद्वारा प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी ५ वटै कम्पनीहरुले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

का पावर कम्पनीले गत आर्थिक वर्षका लागि १५.७८९५,मिर्मिरे लघुवित्तले २०,प्रोग्रसिभ फाइनान्सले ७.३६८४ मिथिला लघुवित्त २६.३२ र सेञ्चुरी कमर्सियल बैंकले ६.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ ।  


Share this with your friends: