नेप्से परिसूचक २६०० बिन्दु पार, दुवै बीमा उपसूचकमा करेक्सन

2021-02-16
नेप्से परिसूचक २६०० बिन्दु पार, दुवै बीमा उपसूचकमा करेक्सन

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचकहरुमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक ४.११ अंकले घट्दै १८७०५.६८ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक पनि ३७.८६ अंकले ओरालो लाग्दै १३३७६.१३ को बिन्दुमा सीमित बन्यो।  

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमाले आफ्नो स्थान बनाउन सकेनन्। त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा पनि कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीतर्फ आज हिमालयन जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ३.२५ प्रतिशतले घट्दै प्रतिकित्ता ७१४ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक १५.५० अंकले बढ्दै २६०१.५१ को उचाईमा पुग्यो। यो दिन बजारमा २०८ कम्पनीका १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँमा किनबेच भयो। 

आज ४ वटा समूहमा मात्रै हरियाली छायो। बैंकिङ समूह ३८.४१ अंकले बढेको आज विकास बैंक ६.४७, अन्य ५.५४ र म्युचुअल फन्ड ०.११ अंकले बढे। 
आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक गिरावट आयो। यो समूह १११.०४ अंकले घट्यो। त्यस्तै व्यापार समूह ३७.९५, होटल १३.०२, हाइड्रोपावर २६.९८, वित्त ९.३९ र लघुवित्त २४.८१ अंकले घट्यो। 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता २२० रुपैयाँ कायम भयो। त्यस्तै निफ्राको सेयरमूल्य ९.९८, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८७ र हिमालयन उर्जा कम्पनीको सेयरमूल्य ९.६७ प्रतिशतले बढ्यो। 

आज साधना लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य ६.१५ प्रतिशतले घट्यो भने पाचँथर पावर कम्पनीको ५.६६, वरुण हाइड्रोपावर ५.५६, स्वाभिमान लघुवित्त ५.०६ र महुली सामूदायिक लघुवित्तको सेयरमूल्य ४.७४ प्रतिशतले घट्यो। 

यो दिन नविल बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ५४ करोड ४४ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै ग्लोबल आइएमई बैंक ४२ करोड ५० लाख, नेपाल बैंक ३९ करोड १६ लाख, नेको इन्स्योरेन्स ३७ करोड ३४ लाख र एनआईसी एशिया बैंकको ३३ करोड ६७ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: