लयमा फर्कियो बजार, बीमातर्फ एलआईसीको सेयरमूल्यमा सर्वाधिक वृद्धि

2021-03-01
लयमा फर्कियो बजार, बीमातर्फ एलआईसीको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक ३५९.१७ अंकले बढ्दै १७३३३.५९ को बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८३.८३ अंकले बढ्दै १२९५८.०१ को बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सेयरमूल्य ५.८१ प्रतिशतले बढ्दै प्रतिकित्ता २२९६ रुपैयाँ कायम भयो। त्यस्तै आज युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य पनि ५.२५ प्रतिशतले बढ्दै प्रतिकित्ता ६६२ रुपैयाँ कायम भयो। यसैगरी नेपाल इन्स्योरेन्सको सेयरमूल्य ५.०५ र नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य ३.८५ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि आयो। परिसूचक ४०.६४ अंकले बढ्दै २५१५.०३ को उचाईमा पुग्यो। यो दिन बजारमा २०९ कम्पनीका १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८३१ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै समूहमा हरियाली छायो। बैंकिङ समूह २६.८२ अंकले बढेको आज व्यापार ९७.३४, होटल एण्ड टुरिजम ५५.८१, विकास बैंक ३८.२२, हाइड्रोपावर ३०.७९, वित्त २३.०६, उत्पादन तथा प्रशोधन ६८.३१, अन्य २७.६२, लघुवित्त ८१.४९, म्युचुअल फन्ड ०.०३ र लगानी समूह १.८६ अंकले बढे। 

आज चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले बढ्यो भने कर्पोरेट डेभलपमेन्ट ८.१२, वरुण हाइड्रोपावर ६.७९, गृहेश्वरी मर्चेन्ट बैंकिङ ६.१९ र आशा लघुवित्तको सेयरमूल्य ६.११ प्रतिशतले बढ्यो। 

आज सिटिजन म्युचुअल फन्डको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो म्युचुअल फन्डको सेयरमूल्य १.८४ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ४४ करोड ४८ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै शिखर इन्स्योरेन्स ३० करोड, ग्लोबल आइएमई बैंक २३ करोड ४ लाख र नेपाल बैंक लिमिटेडको २० करोड २७ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: