संक्रमण बढेसँगै भारतका बीमकहरु सामु १ बिलियन डलर बराबरको कोरोना दाबी भुक्तानीको माग

2020-11-09
संक्रमण बढेसँगै भारतका बीमकहरु सामु १ बिलियन डलर बराबरको कोरोना दाबी भुक्तानीको माग

काठमाण्डौ । भारतमा निरन्तर बढिरहेको कोरोना संक्रमणका कारण त्यँहाका बीमकहरुले अक्टोबर ३० सम्म करीब १ बिलियन डलर(७७ बिलियन भारु) बराबरको दाबी भुक्तानी गर्नु पर्ने भएको छ। 

भारतको जनरल इन्स्योरेन्स काउन्सीले सार्वजनिक गरेको आँकडा अनुसार भारतका बीमकहरुले कोरोना बीमा योजना अन्र्तगत ७७ बिलियन भारतीय मुद्रा बराबरको ५ लाख १ हजार दाबी भुक्तानी गर्नु पर्ने भएको हो। द इण्डियन एक्सप्रेसले प्रकाशित गरेको समाचारका अनुसार यसमध्ये ३३.१५ बिलियन भारतीय मुद्रा बराबरको ३ लाख ४३ हजार आवेदकको मात्र दाबी भुक्तानी गरिएको छ। 

भारतभर प्रतिव्यक्ति औसत दाबी भुक्तानी १ लाख ५३ हजार ४५३ भारतीय रुपैयाँ रहेको छ। अहिलेसम्म गरिएको कोरोना दाबी भुक्तानी अनुसार यो रकम औसत प्रतिव्यक्ति ९६ हजार ४३४ भारतीय रुपैयाँ हुन आउँछ। 

गत नोभेम्बर ५ सम्म भारतमा ८३ लाख ६० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तर ५ लाख जनाले मात्रै स्वास्थ्य बीमा दाबी गरेको तथ्यले, ५.९९ प्रतिशत कोरोना संक्रमितहरुसँग मात्रै स्वास्थ्य बीमा कभरेज रहेको बताइएको छ। 

पछिल्लो समय भारतमा कोरोना संक्रमणका मामिलामा बढोत्तरी आइरहेको छ। अस्पताल भर्नाको खर्च पनि दिनानुदिन बढिरहेको छ। यस्तो अवस्थामा भारतको नियामक निकाय आईआरडीएआईले बीमकहरुलाई अस्पताल भर्नाबाट आफ्नो ध्यान परिवर्तन गरीे रोगको रोकथाम, हेरचाह र विशेषगरी होम केयर वा आउट प्यासेन्ट उपचारमा केन्द्रीत हुन र खर्च घटाउन सुझाव दिएको छ। 

 


Share this with your friends: