सगरमाथा इन्स्योरेन्सद्वारा कृषि बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन

2020-12-27
सगरमाथा इन्स्योरेन्सद्वारा कृषि बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि(पुस १२ गते)देखि कृषि बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गरेको छ। कम्पनीले कृषि बीमा अभिकर्ता भई कार्य गर्न इच्छुकहरुका लागि आजदेखि भर्चुअल माध्यम जुम टे«ेनिङ मकार्फत कृषि बीमा अभिकर्ताको आधारभुत तालिम सञ्चालन गरेको हो। 

कम्पनीले यो तालिम लिन चाहने भेटेनरी र कृषि क्षेत्रका व्यक्तिहरुलाई विशेष प्राथमिकतामा राखिएको जनाएको छ। 

यो तालिममा सहभागि हुन इच्छुक व्यक्तिले न्युनतम योग्यता एल एल सी पास हुनु पर्ने र निवेदनका साथ शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी, पार्सपोट साइजको फोटो ४ प्रति र तालिम शुल्क १ हजार रुपैयाँ पेश गर्नु पर्ने कम्पनीले जनाएको छ। 

त्यस्तै संस्थागत बीमा अभिकर्ताको तालिम लिन इच्छुकले सहभागी सञ्चालक पदमा रहेको प्रमाण खुल्ने आधिकारीक पत्र, सञ्चालक समितिको निर्णयको माइन्युट, कम्पनीको प्रमाणपत्र तथा नियमावली कम्पनी दर्ता प्रमाणपत्र, सहभागी सञ्चालकको न्युनतम एल एल सी उत्तिण गरेको प्रमाणपत्र, नागरिकताको प्रतिलिपी र तालिम शुल्क १ हजार रुपैयाँका साथ निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ। 

कम्पनीले यो तालिम पुस १४ गतेसम्म सञ्चालन हुने जनाएको छ।   

 


Share this with your friends: