सानिमा जनरल इन्स्योरेन्सद्धारा ट्राफिक प्रहरीलाई माक्स र सेनिटाइजर प्रदान

2021-04-28
सानिमा जनरल इन्स्योरेन्सद्धारा ट्राफिक प्रहरीलाई माक्स र सेनिटाइजर प्रदान

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ ।

देशभर फैलिरहेको कोभिड –१९ को अवस्थालाई मध्यनजर गर्दै  जनसेवामा अहोरात्र खटिरहेका ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दे कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान माक्स, १० लिटर सेनिटाइजर प्रदान गरेको जनाएको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा उक्त परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको जनाएको छ ।

यसबाट नागरिक सेवामा सर्मिर्पत राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । 


Share this with your friends: