सानिमा इक्विटी फन्ड र लार्ज क्याप फन्डको नगद लाभांस असोज १७ देखि बैंक खातामा जम्मा गरिने

2021-09-29
सानिमा इक्विटी फन्ड र लार्ज क्याप फन्डको नगद लाभांस असोज १७ देखि बैंक खातामा जम्मा गरिने

काठमाण्डौ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डका लागि घोषणा गरिएको नगद लाभांस इकाईधनीहरुको बैंक खातामा जम्मा गरिने भएको छ । 

सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित यी दुवै योजनाहरुका इकाइधनीहरुका लागि घोषणा गरिएको नगद लाभांस आगामी असोज १७ गतेदेखि बैंक खातामा जम्मा गरिने भएको हो । 

हालसम्म पनि हितग्राही खातामा आवल्नो इकाइ जम्मा भई नसकेका इकाइधनीहरुले सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी आफ्नो हितग्राही खाता नम्बर अद्यावधिक गर्न आग्रह गरिएको छ । यसका साथै आफ्नो हितग्राही खातामा बैंक खाता सम्बन्धि विवरण अद्यावधिक गराएपश्चात क्रमश नगद लाभांस जम्मा गरिने व्यवस्था मिलाइने सानिमा क्यापिटलले जनाएको छ । 

सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्ड दुवैका इकाइधनीहरुका लागि गत आर्थिक वर्ष २०७७/७८ का लागि क्रमशः३३ प्रतिशत र ४ प्रतिशत नगद लाभांस वितरणको घोषणा गरिएको छ । 


Share this with your friends: