साविकको स्पर्श लघुवित्तका सेयरधनीहरुलाई ग्लोबल आइएमई लघुवित्तको नाममा अभौतिक रुपमा सेयर वितरण

2021-06-13
साविकको स्पर्श लघुवित्तका सेयरधनीहरुलाई ग्लोबल आइएमई लघुवित्तको नाममा अभौतिक रुपमा सेयर वितरण

काठमाण्डौ । हालै मर्ज भएको साविकको स्पर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरु(हितग्राही)लाई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेृडको नाममा अभौतिक रुपमा सेयर वितरण गरिएको छ । 

स्पर्श लघुवित्तको नामबाट जारी सेयरहरु रद्द गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट अभौतिक रुपमा जेठ २८ गते हितग्राही खातामा पठाई सकिएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । ग्लोबल आइएमई लघुवित्तले साविकको स्पर्श लघुवित्तलाई १००ः९०(स्पर्श लघुवित्तको १०० कित्ता सेयर बराबर ग्लोबल आइएमई लघुवित्तको ९० कित्ता सेयर) स्वाप रेसियो कायम रहने मर्ज गरेको थियो । 

यी दुवै संस्थाको मर्जर प्रस्तावलाई राष्ट्र बैंकले गत चैत १० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले गत चैत २७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । स्पर्श लघुवित्त ग्लोबल आइएमई लघुवित्तमा समाहित भई‘ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट गत वैशाख ८ गतेदेखि एकिकृत कारोबारको सुरुवात भएको थियो ।    

 


Share this with your friends: