साहस उर्जाले आईपीओ निष्कासन गर्ने, नागरिक लगानी कोष प्रत्याभूतिकर्ता नियुक्त

2020-11-27
साहस उर्जाले आईपीओ निष्कासन गर्ने, नागरिक लगानी कोष प्रत्याभूतिकर्ता नियुक्त

काठमाण्डौ । साहस उर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न भएको हो। 
कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्ने भएको हो । 

कम्पनीले हिजो(मंसिर ११ गते) एक सम्झौता गर्दै सेयरको प्रत्याभूति व्यवस्थापनका लागि नागरिक लगानीकोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।

प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लिमीटेडको तर्फबाट संचालक समितिका अध्यक्ष हिमप्रसाद पाठकले हस्ताक्षर गरेका थिए । 

वि.स २०७० सालमा स्थापना भएको साहस उर्जा कम्पनीले सोलु खोला(दूधकोशी) जलविद्युत परियोजना निर्माण गरिरहेको छ । 

 


Share this with your friends: