सिंगटी हाइड्रो इनर्जीको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

2021-04-27
सिंगटी हाइड्रो इनर्जीको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

 
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको १ करोड ४५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र कम्पनीबीच गत वैशाख १४ गते प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएका १ करोड ४५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको २९ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि वितरण गरेको १४ लाख ५० हजार र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड १ लाख ५० हजार कित्ता समेत गरी कुल १ करोड ४५ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम वैशाख १३ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँ तोकेको छ। यस्तै आज नेप्से र कम्पनीबीच सेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ।

 


Share this with your friends: