सिनर्जी पावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-08-19
सिनर्जी पावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १०.५३६३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

कम्पनीको गत साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ मसान्तसम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ नगद लाभांस गरी कुल १०.५२६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो । 

कम्पनीद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँ र ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ०९४.७५ रुपैयाँबराबरको नगद लाभांस रहेका छन् ।   


Share this with your friends: