सिभिल लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-03-04
सिभिल लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित ३.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता रु.९६६ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको प्रति सेयरमूल्य रु.१००० थियो। संस्थाको गत पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ३.५ प्रतिशत बोनस सेयर र ०.१८४२१ प्रतिशत नगद लाभांस गरी कुल ३.६८४२१ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाद्वारा प्रस्तावित कुल लाभांसमा २०७७ असार सम्म कायम चुक्तापूँजी ११ करोड ९८ लाख १९ हजार ७ सय रुपैयाँ र हकप्रद सेयर पश्चात कायम भएको कुल चुक्तापूँजी २३ करोड ३९ लाख ३३ हजार ७ सय रुपैयाँ को ३.५ प्रतिशतले हुन आउने ८१ लाख ८७ हजार ६७९.५० रुपैयाँ बराबरको बोनस सेयर र ०.१८४२१ प्रतिशतले हुन आउने ४ लाख ३० हजार ९३०.५० रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

 


Share this with your friends: