सेयर बजार घट्ने क्रम जारी,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-05-05
सेयर बजार घट्ने क्रम जारी,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २६५.४२ अंकले घट्दै १०००६.१६ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि २६०.१५ अंकले ओरालो लाग्दै ११७४४.३९ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ५.८३ प्रतिशतले घट्दै प्रतिकित्ता ७५९ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३७.०६ अंकले घट्दै २२३८.६२ बिन्दुमा झर्यो। यो दिन बजारमा २३२ कम्पनीका ४६ लाख ७४ हजार ९४० कित्ता सेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४६३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक १६ अंकले घटेको आज व्यापार ४९.४९,होटल ५९.१३,विकास बैंक ८८.४४,हाइड्रो ६६.८१,वित्त ४८.१९,उत्पादन तथा प्रशोधन ५६.२६,अन्य २०.२८,लघुवित्त ७३.३७,म्युचुअल फन्ड ०.१३ र लगानी उपसूचक १.६२ अंकले घट्यो। 
आज जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। 

त्यस्तै आज घलेम्दी हाइड्रोको सेयरमूल्य सर्वाधिक घट्यो। घलेम्दी हाइड्रोको सेयरमूल्य आज ६.८६ अंकले घट्यो। 

यो दिन सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो। आज सूर्या लाइफको ८ करोड ४५ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: