सेयर बजारको गिरावट जारी,बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

2022-06-07
सेयर बजारको गिरावट जारी,बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १३९.७८ अंकले घट्दै ८३४५.३५ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ८७.१८ अंकले घट्दै ९५७६.४२ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरे कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरे गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.४८ प्रतिशतले घट्दै प्रतिकित्ता ३९७ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४५.५९ अंकले घट्दै २०२०.२३ बिन्दुमा झर्यो। यो दिन बजारमा २३४ कम्पनीका ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक ३८.८६ अंकले घटेको आज व्यापार ३०.२३,होटल ४६.६८,विकास बैंक ८८.९४,हाइड्रो ४७.६८,वित्त ३७.४५,उत्पादन तथा प्रशोधन १३७.८८,अन्य ३१.७९,लघुवित्त ६९.७४,म्युचुअल फन्ड ०.१४ र लगानी उपसूचक १.५५ अंकले घट्यो। 

आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै आज बलेफि हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशत,माउन्टेन हाइड्रो ३.८२ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.७२ प्रतिशतले बढ्यो। 

आज हिमालयन बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ९.९७ प्रतिशतले घट्यो। त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य ५.९९,समता घरेलु लघुवित्तको सेयरमूल्य ५.६३ र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ५.५१ प्रतिशतले घट्यो। 

यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको ६ करोड ११ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: