स्वाभिमान लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

2021-01-18
स्वाभिमान लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत माघ ४ गते बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ सम्मको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस गरी कुल २१.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित कुल लाभांसमा २०७७ असार मसान्तसम्म कायम चुक्तापूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड ५३ लाख ४२ हजार ३६० रुपैयाँ बराबरको बोनस सेयर र १.०५ प्रतिशतले हुन आउने ८ लाख ७ हजार ४ सय ९२.६३ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको हो। 

यसरी संस्थाले आफ्ना सेयरधनीलाई कुल २१.०५ प्रतिशतले हुन आउने १ करोड ६१ लाख ४९ हजार ८५२.६३ रुपैयाँ बराबरको लाभांस वितरणको प्रस्ताव गरेको छ। 
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: