हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2021-02-16
हिमालयन जनरल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६/७७ को नाफा नोक्सान हिसाबमा बाँडफाँडका लागि उपलब्ध रकमबाट सेयरधनीलाई ३ प्रतिशत बोनस र ३.७५ नगद लाभांस गरी कुल ६.७५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजीको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४८ हजार ७०० रुपैयाँ बराबरको बोनस सेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार ८०० रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ। 

 


Share this with your friends: