हिमालयन जनरल इन्स्योरेन्सको मुनाफामा १४.४५ प्रतिशतको कमी, खुद बिमाशुल्क आर्जनमा पनि गिरावट

2020-08-14
हिमालयन जनरल इन्स्योरेन्सको मुनाफामा १४.४५ प्रतिशतको कमी, खुद बिमाशुल्क आर्जनमा पनि गिरावट

काठमाण्डौ । हिमालय जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमाससम्ममा २७ करोड ४१ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८१ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन २७ करोड ९२ लाख रुपैयाँ थियो । 


समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १३ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन रकम गत वर्षको सोही अवधिको तुलनामा १.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम १३ करोड ६४ लाख रुपैयाँमा सीमित थियो । 


त्यस्तै समीक्षा अवधिमा कम्पनीले १३ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो रकम १७ करोड ५१ लाख रुपैयाँ थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले २१.९ प्रतिशत कम खुद दाबी भुक्तानी गरेको छ । 


कम्पनीको खुद नाफा घटेको छ । चौथो त्रैमासको अन्त्यसम्म कम्पनी १७ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १४.४५ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले २० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 


समीक्षा अवधिमा कम्पनीले व्यवस्थापन खर्च समेत बढेको छ । कम्पनीको व्यवस्थापन खर्च १५ करोड ८२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १४ करोड ५७ लाख रुपैयाँ थियो । 


त्यस्तै समीक्षा अवधिमा कम्पनीको बिमा कोषको आकार बढेर ५६ करोड २८ लाख रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १८.७९ प्रतिशतले बढी हो । 
अघिल्लो वर्ष २० करोड ६३ लाख रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर २५ करोड १७ लाख रुपैयाँको उचाइमा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको महा बिपत्ती कोषको आकार अघिल्लो वर्ष समान अर्थात ४ करोड २७ लाख रहेको छ । 


अघिल्लो वर्ष ४६ हजार २०५ बिमा लेख जारी गरेको कम्पनीले चौथो त्रैमासको अन्त्य सम्ममा ५९ हजार ५८२ बिमा लेख जारी गर्न सफल भएको छ । 
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी(इपिएस) १६.२० रुपैया, पि.ई अनुपात २५.८६, प्रति सेयर नेटवर्थ १८०.२५ रुपैया र प्रति सेयर कुल सम्पत्तिको मूल्य २८८.७९ रहेको छ । कम्पनीको तरलता अनुपात भने १.९१ छ ।  


Share this with your friends: