माछापुच्छ्रे बैंकद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

2021-07-30
माछापुच्छ्रे बैंकद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ३ को मूल सडक महाराजगन्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षरोपण गरेको हो। 

वृक्षारोपण कार्यक्रममा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र काठमाण्डौ वडा नं. ३ का वडाध्यक्ष दीपक केसीले वृक्षरोपण गरी कार्यक्रमको सुरुआत गरेका थिए। 

हालसम्म बैंकले ८३ वटा शाखा, २ वटा एक्सटेन्सन काउन्टरहरुलगायत २१ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १०६ स्थानबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बंैकको देशभर ९१ वटा एटीएम सञ्चालनमा रहेको छ। 


Share this with your friends: