काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकि छन् । बैंकको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई बैंकको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्की सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएकि हुन् । सोहि दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सिर्जना कार्कीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । सिर्जना कार्कीले गत साउन ५ गतेको पत्रमार्फत राजीनामा दिएकि थिइन् ।