भरतपुरस्थित हाकिमचोकमा सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औँ शाखा सञ्चालनमा

2021-09-03
भरतपुरस्थित हाकिमचोकमा सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औँ शाखा सञ्चालनमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले बिहीबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको हो। हाकिमचोक शाखा कार्यालय सञ्चालनमा आएसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ।  

सांग्रिला डेभलपमेन्ट बैंकेडले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट त्यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त छ। 

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको समेत जनाएको छ। 


Share this with your friends: