सेबोनद्वारा ६ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

2022-01-24
सेबोनद्वारा ६ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ६ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । 

सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई रहेका छन्। आईपीओ निष्कासनका लागि यी सबै कम्पनीहरुले माघ ९ गते अनुमति प्राप्त गरेका हुन् । 

सेबोनले बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता,ग्रिन भेन्चरलाई ६२ लाख ५० हजार कित्ता,नेष्डो समृद्धि लघुवित्तलाई ८ लाख २८ हजार ७५० कित्ता,जाल्पा सामुदायिक लघुवित्तलाई ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाललाई ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो । 


Share this with your friends: