बोर्डद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति, साधारण सभा र बुक क्लोज कहिले ?

2021-01-06
बोर्डद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई गत पुस २० गते ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद अर्थात अर्थात कायम चुक्तापूँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको १ः१(एक बराबर एक) हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो। 

बैंकले हकप्रद सेयर निष्कासनका लागि पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुस २८ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो हकप्रद प्राप्त गर्न योग्य हुनेछन्। 
बैंकको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ १६ गते चितवन रत्ननगर स्थित स्टार ब्याङक्वेटमा दिउसो १ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा चुक्तापूँजीको १ः१ अनुपात(एक बराबर एक) हकप्रद सेयर निष्कासन तथा बाँडफाँड पश्चात कायम हुन आउने चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय मा १ः२(एक बराबर दुई) अनुपातमा हकप्रद सेयर जारी गरी चुक्तापूँजी ३९ करोड ३७ लाख १ हजार ४ सय रुपैयाँ पुर्याउने, सोहि अनुरुप कम्पनीको प्रबन्धपत्र िर नियमावलीमा जारी र चुक्तापूँजी संशोधन गर्ने निर्णयलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै ख वर्गका जिल्ला स्तिरीय विकास बैंकले चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्ने नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने र सोहि अनुरुप तयार हुने प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। सभामा अन्य बैंक वा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुनका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्त सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटिमा भएको परिवर्तन लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक नियुक्ती तथा अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

बैंकले साधारण सभा र हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आउँदो पुस २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।    

 


Share this with your friends: