चन्द्रागिरी हिल्सको साधारण सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?

2021-02-05
चन्द्रागिरी हिल्सको साधारण सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?

काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको चन्द्रागिरी हिल्स लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका १ करोड ५३ लाख ४० हजार ९१० कित्ता साधारण सेयर सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम माघ २१ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ९६.६९ रुपैयाँदेखि २९०.०७ रुपैयाँ तोकेको छ। यस्तै आज नेप्से र कम्पनीबीच सेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ। आइतबारको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ।     

 


Share this with your friends: