अरुण भ्यालि हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, हकप्रद समेत जारी गरिने

2020-11-29
अरुण भ्यालि हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, हकप्रद समेत जारी गरिने

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद निष्कासन गर्ने भएको छ। 

कम्पनीको आज(मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो सेयरधनीलाई लाभांस वितरणको प्रस्तावका साथै हकप्रद निष्कासन गर्ने घोषणा गरेको हो। 

गत वर्षको खुद मुनाफासहित सञ्चितीबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ५.२६३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२६३ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरिएको छ। 

यस्तै आगामी २३ औँ वार्षिक साधारणसभाबाट लाभांश पारित गर्ने र सोही सभामा बोनस सेयरपछि कायम हुने चुक्तापुँजीको १ः०.५ अनुपातमा (अर्थात १० सेयरबराबर थप नयाँ ५ सेयर) जारी गर्ने प्रस्ताव पनि पनि पेस गर्ने निर्णय गरिएको छ। 

 


Share this with your friends: