अर्घाखाँची सिमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

2021-12-29
अर्घाखाँची सिमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अर्घाखाँची सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी माघ ५ गते बुधबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने र सोहि अनुसार अधिकृत पूँजी, जारी तथा चुक्तापूँजी परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियममावलीमा संशोधन गर्न सम्बन्धित निकायबाट कुनै निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरीने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ।व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अुनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  


Share this with your friends: