आँधिखोला लघुवित्तद्वारा लाभांस प्रस्ताव

2021-12-13
आँधिखोला लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित लाभांसमा २०७८ असार मसान्तसम्म कायम रहेको सेयरपूँजी १० करोड रुपैयाँको १९ प्रतिशतले हुन आउने १ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने १० लाख रुपैयाँ बराबरको नगद लाभांस६(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 


Share this with your friends: