काठमाण्डौ । रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडलाई इक्राएनपी–आईआर बीबीबी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। बुक बिल्डीङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्ने मुख्य अजेन्डा सहित कम्पनीले गत माघ ६ गते वार्षिक साधारण सभा डाकेको थियो। उक्त सभाले बुक बिल्डीङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्ने कम्पनीको विशेष प्रस्ताव पारित गरेको थियो। प्रस्ताव पारित भएसँगै अब कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्नेछ।
सर्वाेत्तम सिमेन्टलाई अहिले प्रदान गरिएको रेटिङ नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)लाई प्रदान गरिएको भन्दा राम्रो हो। गत शुक्रबार नेप्सेमा सूचीकृत भएसँगै अहिले निफ्राको पाचौँ दिन कारोबार भईरहेको छ। आइतबार निफ्राको पहिलो कारोबार उच्चतम बिन्दु अर्थात ३४० रुपैयाँमा भएको थियो। कारोकार सुरुवात भएको दिनदेखि नै कम्पनीको सेयरमूल्यमा निरन्तर सकारात्मक सक्रिट लागिरहेको छ। आज पनि यसको सेयरमूल्य ९.८६ प्रतिशतले बढ्दै प्रतिकित्ता ५४६ रपैयाँ कायम भएको छ।
कम्पनीका बारेमा
सर्वोत्तम सिमेन्ट सन् २०१० अक्टोबरमा स्थापना भएको कम्पनी हो। यो कम्पनी सन् २०१९ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो। यो कम्पनी सिमेन्ट र क्लिीङकर उत्पादन र बिक्रीमा सक्रिय हुँदै आईरहेको छ।
स्थापनका वर्षहरुमा प्रति वर्ष ४ लाख मेट्रिक टन उत्पादन क्षमताका साथ सुरुवात गरेको यो कम्पनीले अहिले आफ्नो क्षमता अभिवृद्धि गरेर प्रतिवर्ष १० लाख मेट्रिक टन पुर्याएको छ।
अहिले कम्पनीको स्वामित्व १७ जना व्यक्तिको हातमा छ। यसमध्ये अधिकांस स्वामित्व अर्थात ६२ प्रतिशत सौरभ ग्रुपसँग रहेको छ। सौरभ ग्रुप देशको एक अग्रेणी व्यापारिक घरानाको रुपमा रहेको छ।
सर्वोत्तम सिमेन्टको कारखाना नवलपरासी जिल्लाको रामनगर गाउँपालिका ०५ मा रहेको छ। कम्पनीले अहिले सर्वोत्तम ब्राण्ड अन्र्तगत विशेष गरेर ओपीसी सिमेन्ट र पीपीसी सिमेन्ट उत्पादन गरिरहेको छ।