आदर्श लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

2021-07-22
आदर्श लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि बीओके क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

संस्थाले रु. ६० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। 

बिक्री प्रबन्धक नियुक्ती सम्बन्धमा आदर्श लघुवित्त र बीओके क्यापिटलबीच बुधबार सम्झौता भएको छ। सम्झौतापत्रमा आदर्श लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बीओके क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कुन्दर शर्माले हस्ताक्षर गरेका छन्।


यसैगरी आदर्श लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मा पनि बीओके क्यापिटलले नै पाएको छ। 


Share this with your friends: