आईपीओ निष्कासनको मुख्य अजेन्डासहित आर्दश लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

2021-12-10
आईपीओ निष्कासनको मुख्य अजेन्डासहित आर्दश लघुवित्तले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी पुस १८ गते आइतबारका दिन बनेपामा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आईपीओ जारी गर्न पूँजी वृद्धि गर्नुपर्ने र पूँजी संरचनामा समेत परिवर्तन गर्नुपर्ने भएकाले वित्तीय संस्थाको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै संस्थाको जारी पूँजीको ३०.३७ प्रतिशत आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै संस्था र खअन्य कुनै संस्था एक आपसम गाभ्ने/गाभिने  वा प्राप्ति गर्ने सम्बन्धमा र संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएम सोहि बमोजिम कार्य गर्न सञ्चालक समितिलाई प्र्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरीने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ।व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अुनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।   


Share this with your friends: