आईपीओ निष्कासनको तयारीमा रहेको पिपुल्स पावरले डाक्यो वार्षिक साधारण सभा

2022-01-23
आईपीओ निष्कासनको तयारीमा रहेको पिपुल्स पावरले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको पिपुल्स पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी माघ २९ गते शनिबारका दिन काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।  
उक्त सभामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वार्षिक हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

पिपुल्स पावर कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस २७ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँको रु.१०० अंकित दरका ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो । 


Share this with your friends: